Oct 29 2026 | २०८३ कार्तिक १३ गते

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब १६ करोड, प्रतिशेयर आम्दानी कति ?

लक्ष्मी सनराइज बैंकको नाफा १ अर्ब १६ करोड, प्रतिशेयर आम्दानी कति ?

सोमवार, माघ ७ २०८१
  • काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्ष २०८१/८२ दोस्रो त्रैमाससम्म १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो गत आव पहिलो ६ महिनाको दाँजोमा झन्डै १० प्रतिशत बढी हो ।

    बैंकले सोमबार जारी गरेको वित्तीय विवरण अनुसार गत आव दोस्रो त्रैमाससम्म १ अर्ब ६ करोड बराबर नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घट्दा पनि नोक्सानी व्यवस्था बापत इम्पेयरमेन्ट शुल्क कम हुँदा नाफा बढेको हो ।

    images

    त्यसैगरी लक्ष्मी सनराइजले चालु आव पहिलो ६ महिनामा ५ अर्ब १९ करोड बराबर खुद ब्याज आम्दानी गरेको छ । कुल सञ्चालन आम्दानी ६ अर्ब ७१ करोड भएको छ ।

    बैंकको नाफा बढ्दा ईपीएस सिमान्त रूपमा वृद्धि भएर ९.१४ बाट ९.५५ रुपैयाँ पुगेको छ । त्यस्तै पीई रेसियो २२.२२ छ । नेटवर्थ १ सय ७२ रुपैयाँ ५० पैसा पुग्दा खुद निष्क्रिय कर्जा आकार २.११ प्रतिशत पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार