Oct 30 2026 | २०८३ कार्तिक १४ गते

स्वर्णलक्ष्मी सहकारी प्रकरण

पूर्वडीआईजी जोशी ५० लाख धरौटीमा रिहा

पूर्वडीआईजी जोशी ५० लाख धरौटीमा रिहा

सोमवार, माघ ७ २०८१
  • काठमाडौँ । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख धरौटी माग गरिएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले उनीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । धरौटी बुझाएर जोशी रिहा भएका छन् ।

    जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्व खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए ।

    images

    स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार