Oct 30 2026 | २०८३ कार्तिक १४ गते

इजरायल-हमास युद्ध

विपिनको रिहाइमा सघाउन इजिप्टसँग परराष्ट्रमन्त्रीको आग्रह

विपिनको रिहाइमा सघाउन इजिप्टसँग परराष्ट्रमन्त्रीको आग्रह

सोमवार, माघ ७ २०८१
  • काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल-अतीसँग टेलिफोन वार्ता गरेकी छन् ।

    टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री डा. राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् ।

    images

    जवाफमा अब्देल-अतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् । गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको सफल भूमिकाबारे मन्त्री राणाले बधाई दिएकी थिइन् ।

    गाजामा आइतबारदेखि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।

    सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । उक्त सूची इजरायलले आइतबार सार्वजनिक गरेको थियो । तर, उक्त सूचीमा विपिनको नाम भने समावेश छैन ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार