Oct 29 2026 | २०८३ कार्तिक १३ गते

प्रभू बैंक

प्रभु बैंकले ६ महिनामै कमायो डेढ अर्ब, नाफा ८५ प्रतिशतले बढ्यो

प्रभु बैंकले ६ महिनामै कमायो डेढ अर्ब, नाफा ८५ प्रतिशतले बढ्यो

सोमवार, माघ ७ २०८१
  • काठमाडौं । प्रभू बैंकको नाफामा उछाल आएको छ । बैंकको नाफा साढे ८५ प्रतिशत वृद्धि भएको छ । ६ महिनामै बैंकले झन्डै डेढ अर्ब नाफा गरेको छ ।

    सोमबार बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

    images

    समिक्षा अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ८५.४९ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमासमा बैंकले ७२ करोड ३ लाख ४१ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

    सो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २.१२ प्रतिशत वृद्धि भई ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । यस्तै, कुल संचालन आम्दानी ११.१० प्रतिशत र संचालन नाफा ४५.९५ प्रतिशत वृद्धि भई क्रमशः ६ अर्ब ६६ करोड ७५ लाख र २ अर्ब ५२ करोड २८ लाख रुपैयाँ कायम भएको छ ।

    बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिसेयर आम्दानी (इपिएस) भने बढेर ११.३५ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ कायम भएको छ । हाल बैंकसँग ५.०६ प्रतिशत खराब कर्जा छ ।

    हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । बैंककले जगेडा तथा कोषमा भने १० अर्ब ५४ करोिड ४९ लाख रुपैयाँ राखेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार