Oct 29 2026 | २०८३ कार्तिक १३ गते

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकको खुद नाफा १५ करोड १७ लाख

एनआईसी एशिया बैंकको खुद नाफा १५ करोड १७ लाख

सोमवार, माघ ७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एनआईसी एशिया बैंकले १५ करोड १७ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको तुलनामा ९२.०३ प्रतिशत कम छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

    समीक्षा अवधिसम्म बैंकले ५ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।समीक्षा अवधिको तुलनामा ६.३९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले ५ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    images

    बैंकको खुद सञ्चालन आम्दानी ३ अर्ब ६९ करोड रुपैयाँ छ । बैंकले इम्पेयरमेन्ट चार्जका लागि २ अर्ब १४ करोड रुपैयाँ छुटुटाएको छ । कर्मचारीको लागि २ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको बैंकको अन्य सञ्चालन खर्च ९४ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

    बैंकको रिटेन्ड अर्निङ २ अर्ब ६५ करोड रुपैयाँले ऋणात्मक रहँदा रिजर्भको आकार १७ अर्ब ४१ करोड रुपैयाँले धनात्मक रहेको छ ।

    बैंकको वितरणयोग्य नाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २३.५६ रुपैयाँ घटेर २.०३ रुपैयाँ कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १९८.९२ रुपैयाँ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार