Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नबिल बैंक

नबिल बैंकले ६ महिनामा कमायो सवा ३ अर्ब नाफा

नबिल बैंकले ६ महिनामा कमायो सवा ३ अर्ब नाफा

सोमवार, माघ ७ २०८१
  • काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १.२८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ थियो ।

    यो अवधिमा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ रहेको छ । बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ ।

    images

    २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ७४ पैसाबाट बढेर २४ रुपैयाँ ५ पैसा छ ।

    बैंकले नोक्सानी व्यवस्थाका लागि १ अर्ब ३५ करोड रूपैयाँ छुट्याएको छ जुन गत आवको सोही अवधिमा गरेको भन्दा ६२ करोड कम हो । नबिलको निष्क्रिय कर्जाको आकार कुल कर्जाको ४.९३ प्रतिशत छ ।

    ६ महिनाको अन्त्यसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ८९ करोड रूपैयाँ रहेको वित्तीय विवरणमा देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार