Oct 29 2026 | २०८३ कार्तिक १३ गते

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा कमायो ८० करोड नाफा

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा कमायो ८० करोड नाफा

सोमवार, माघ ७ २०८१
  • काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ८० करोड ७३ रुपैयाँ खुद नाफा गरेको छ ।

    बैंकले गत आर्थिक वर्षको  दुई त्रैमास अन्त्यको बराबर नै नाफा कमाउन सफल भएको हो । गत आवको पुस मसान्तसम्म माछापुच्छ्रेले ८० करोड ५३ लाख रुपैयाँ नाफा गरेको थियो । ६ महिनामा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८२ करोड र इम्पेयरमेन्ट चार्ज २० करोड ४७ लाख रुपैयाँ छ । गत वर्ष यस्तो रकम २ अर्ब ६३ करोड र २३ करोड ८६ लाख थिए ।

    images

    यता बैंकको निष्क्रिय कर्जा भने भारी मात्रामा बढेको छ । गत आवको पुस मसान्तसम्म २.६ प्रतिशतमा रहेको खराब कर्जाको दर अहिले बढेर ४.५४ प्रतिशत पुगेको छ । खुद निष्क्रिय कर्जा भने १.९७ प्रतिशत छ ।

    बैंकको नाफा झिनो मात्राले बढ्दा प्रतिसेयर आम्दानीमा ३ पैसा सुधार भएर १३.८६ रुपैयाँ, नेटवर्थ १५४.२ रुपैयाँ र पीई रेसिया १६.२७ रहेको छ । ६ महिनाको अन्त्यमा बैंकको वितरणयोग्य मुनाफा १६ करोड ६३ लाख रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार