काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुछिएको आरोप लागेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।
आइतबार जोशी काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । उनीसहितका व्यक्तिविरुद्ध संगठित रुपमा ठगीको अभियोगमा मुद्दा दायर भएको छ । आजको पेसी न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलामा रहेको छ ।



