Oct 28 2026 | २०८३ कार्तिक १२ गते

युके र दुबई पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

युके र दुबई पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

आइतवार, माघ ६ २०८१
  • काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा तनहुँ बन्दिपुर गाउँपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२६ बस्दै आएको २३ वर्षीया सन्जिता गुरुङ र तनहुँ भिमाद नगरपालिका-घर भई काठमाडौँ महानगरपालिका-६ बौद्ध बस्दै आएको ५० वर्षीय रेशम राज लामिछाने रहेका छन् ।

    images

    पक्राउ मध्ये सन्जिताले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६० लाख ८९ हजार रुपैयाँ र रेशम राजले दुबई पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट २४ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो।

    सोही पीडितहरूले  दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्जितालाई काठमाडौँ न्यूरोडबाट र रेशम राजलाई काठमाडौँ बौद्धबाट बुधबार पक्राउ गरेको हो । 

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार