Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति

६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति

आइतवार, माघ ६ २०८१
  • काठमाडौँ । ६ महिनाको अवधिमा ३ लाख ९३ हजार नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस महिनासम्मको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका हुन् ।

    विभागका अनुसार पुस महिनामा मात्रै ६७ हजार २५८ जनाले श्रम स्वीकृति लिँदा पुरुष ६० हजार १५३ जना र महिला ७ हजार १०५ जना रहेका छन् ।  जसमध्ये पुस महिनामा व्यक्तिगत तवरबाट १० हजार ८५ जना र  मेनपावरबाट २९ हजार ३१८ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।

    images

    यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार २०३ जना रहेको छ ।  यस्तै जीटुजी मार्फत ३ हजार ७५५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति पाएका छन् ।

    ६ महिनाको अवधिमा व्यक्तिगत तवरबाट वैदेशिक रोजगारीमा जानका लागि कुल ६४ हजार ४५९ जनाले श्रम स्वीकृति लिँदा मेनपावरबाट१ लाख ६१ हजार १६६ जनाले श्रम स्वीकृति लिएका छन् ।

    यस्तै पुन: श्रम स्वीकृति लिनेको कुल सङ्ख्या १ लाख ६२ हजार ६२८ जना रहेको छ । यस्तै जीटुजीमार्फत वैदेशिक रोजगारीमा जानका लागि कुल ४ हजार ८१४ जनाले ६ महिनाको अवधिमा श्रम स्वीकृति लिएका छन् ।

    अघिल्लो साता नेपाल राष्ट्र बैंकले पाँच महिनाकै अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई रु.६४० अर्ब ४३ करोड पुगेको जनाएको थियो ।  जसअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो ।

    यस्तै समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु ६९९ अर्ब ३४ करोड पुगेको तथा अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.६६९ अर्ब ७७ करोड रहेको बैंकको भनाइ छ 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार