Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सिद्धार्थ बैंक सञ्चालक समिति अध्यक्षमा राहुल अग्रवाल

सिद्धार्थ बैंक सञ्चालक समिति अध्यक्षमा राहुल अग्रवाल

शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा राहुल अग्रवाल चयन भएका छन् ।

    २८ पुसमा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमासम्पन्न २३औं साधारण सभाले अग्रवाललाई बैंक सञ्चालक समिति अध्यक्षमा चयन गरेको हो ।

    images

    साधारण सभाबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्रकुमार शाह चयन भएका छन् ।

    यसैगरी सर्वसाधारण सेयरधनी समूहबाट अंकित केडिया (प्रतिनिधि) लेभरेज होल्डिङ्ग्स प्रालि र भोजन अर्याल (प्रतिनिधि) रिनुवल इन्भेस्टमेन्ट प्रालि) सञ्चालक समितिमा चयन भएका छन् ।

    साधारण सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४ प्रतिशतका दरले हुने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    साधारण सभा बैंक सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार