Oct 28 2026 | २०८३ कार्तिक १२ गते

एनआरएनए

के छन् ? गैरआवासीय नेपालीलाई सरकारले जारी गरेको अध्यादेश, हेर्नुहोस्

के छन् ? गैरआवासीय नेपालीलाई सरकारले जारी गरेको अध्यादेश, हेर्नुहोस्

एनआरएनए र नेपाली मूलका विदेशीलाई १० वर्षे फ्री भिसासँगै लगानी र व्यवसायको अवसर

बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । सरकारले गैरआवासीय नेपाली (एनआरएनए) बाट लिँदै आएको भिसावापतको शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । उनीहरुले अब १० वर्षको भिसा निःशुल्क पाउने छन् ।

    सरकारले अध्यादेशमार्फत गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ लाई संशोधन गरेर फ्री भिसाको व्यवस्था गरेको हो । गैरआवासीय नेपालीहरु र नेपाली मुलका विदेशीले पाउँदै आएको १० वर्षे भिसामा अबदेखि शुल्क नलाग्ने अध्यादेशमा व्यवस्था छ ।

    images

    पुस २९ गते राष्ट्रपतिबाट जारी गरिएको अध्यादेशमा भनिएको छ, ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारलाई १० वर्षसम्मको गैरआवासी भिसा निशुल्करुपमा उपलब्ध गराइने छ ।’

    साथै अध्यादेशले गैरआवासीय नागरिकताप्राप्त व्यक्तिले एक पटकमा दुई वर्ष अवधिका लागि बहुप्रदेश सुविधासहितको आवासीय भिसा निशुल्क पाउने समेत व्यवस्था गरेको छ ।

    गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ ले सार्क मुलुक बाहेकका देशको नागरिकता लिएको नेपाली मूलको व्यक्तिलाई ‘नेपाली मूलको विदेशी’ मानेको छ र उसलाई ‘गैरआवासीय नेपाली’ को परिचयपत्र दिने प्रवन्ध गरेको छ ।

    तर, त्यस्तो परिचयपत्र लिने व्यक्तिमा बुबा, आमा, हजुरबा वा हजुरआमा नेपाली नागरिक हुनैपर्ने ऐनले सीमा तोकेको छ ।

    त्यस्तै, दुई वर्षसम्म सार्क मुलुक बाहेकका देशमा कुनै पेशा व्यवसाय गरी बसेको नेपाली नागरिकलाई ऐनले गैर आवासीय नेपाली (एनआरएनए ) मानेको छ । तर, उसले विदेशको नागरिकता लिएमा गैर आवासीय नेपालीको परिचयपत्र रद्द हुने ऐनको दफा १७ मा व्यवस्था छ ।

    संशोधित नागरिकता सम्बन्धी ऐनमा दफा ७क थप गर्दै गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिने प्रावधान राखिएपछि परिचयपत्र मात्रै पाउँदै आएका गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकार बाहेकको नागरिकता पाउने बाटो खुलेको हो ।
    संशोधित नागरिकता ऐनमा थपिएको दफा ७क मा गैरआवासीय नेपाली नागरिकताबारे भनिएको छ-

    ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रवाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार