Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त

नेपाल एसबीआई बैंकको सीईओमा रामकुमार तिवारी नियुक्त

बिहिवार, माघ ३ २०८१
  • नेपाल एसबीआई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र प्रबन्ध सञ्चालकमा रामकुमार तिवारी नियुक्त भएका छन्।

    उनलाई भारतीय स्टेट बैंकले नेपालका लागि सीईओ बनाएको हो। उनलाई आज (माघ ३ गते) बसेको सञ्चालक समितिको ५२४ औँ बैठकले नेपालको एसबीआई बैंक हेर्नेगरी सीईओमा नियुक्त गरेको हो।

    images

    उनको कार्यकाल आजैबाट सुरु हुनेछ। यसअघि पनि उनी बैंकमा भारतीय स्टेट बैंककै प्रतिनिधि बैंकको सीईओ थिए। यसअघि दिपक कुमार दे सीईओको रुपमा बैंकमा थिए।

    उनको कार्यकाल हिजोबाट सकिएको छ। कार्यकाल सकिएसँगै उनलाई भारतीय स्टेट बैंकले फिर्ता बोलाएको छ । तिवारी १७ वर्षदेखि भारतीय स्टेट बैंक अफ इन्डियामा कार्यरत छन्। उनी हाल उक्त बैंकको जनरल म्यानेजर हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार