Oct 29 2026 | २०८३ कार्तिक १३ गते

माछापुच्छ्रे बैंक सञ्चालकमा खनाल, भण्डारी र श्रेष्ठ नियुक्त

माछापुच्छ्रे बैंक सञ्चालकमा खनाल, भण्डारी र श्रेष्ठ नियुक्त

मंगलवार, माघ १ २०८१
  • काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    होटल पोखरा ग्रान्डमा आइतबार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    images

    साधारण सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिलनारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेका छ ।

    साधारण सभाबाट जीपी राजबहाक एन्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

    साधारण सभामा बैंकका अध्यक्ष रोशन केसीले प्रविधिको विकास सँगसँगै यसमा देखा परेका चुनौतीलाई कम गर्दै ग्राहकलाई जोखिमरहित सेवा प्रदान गर्न नयाँ–नयाँ प्रविधिलाई आत्मसात् गर्दै आइरहेको बताए ।

    समग्र देशको आर्थिक स्थितिलाई मजबूत बनाउन यथासक्य योगदान पुर्‍याउने उद्धेश्यका साथ निक्षेप तथा कर्जा लगानीलाई सन्तुलित रूपमा वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नविकरणीय ऊर्जा, साना तथा मझौला उद्योग लगायतका क्षेत्रहरूमा लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राखेर बैंक अगाडि बढिरहेको उनको भनाइ थियो ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले मुनाफाभन्दा पनि दिगो बैंकिङमा जोड दिइरहेको बताए ।

    उनले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न बैंक निरन्तर लागि परिहेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार