Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी

ठगीको आरोप लागेपछि लेखा समितिका सभापति पोखरेलले बर्खास्त गरे स्वकीय सचिव

ठगीको आरोप लागेपछि लेखा समितिका सभापति पोखरेलले बर्खास्त गरे स्वकीय सचिव

शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई पदबाट हटाएका छन् ।  स्वकीय सचिव पोखरेल ठगी धन्दा संलग्न रहेको सार्वजनिक भएपछि पदबाट हटाइएको हो ।

    आज एक विज्ञप्ति जारी गर्दै सभापति पोखरेलले भनेका छन्– मेरो स्वकीय सचिवको रूपमा कार्यरत अनिल कुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निज माथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागु हुनेगरी निष्कासन गरेको ब्यहोरा अनुरोध गर्दछु ।

    images

    भ्रष्ट्राचार जन्य क्रियाकलापमा संलग्न जो कोही माथि निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाही हुनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको पनि सभापति पोखरेलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    स्वकीय सचिव पोखरेलले  एमबीबीएसमा नाम निकाल्दिने भन्दै ३८ लाख ८० हजार लिएको सम्बन्धि समाचार विभिन्न मिडियामा प्रकाशित भएको थियो । पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरिसकेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार