Oct 29 2026 | २०८३ कार्तिक १३ गते

राष्ट्रिय पोसाक एवं टोपी दिवस

जागरूक युवा अभियान नेपालले वसन्तपुरमा मनायो राष्ट्रिय पोसाक एवं टोपी दिवस

जागरूक युवा अभियान नेपालले वसन्तपुरमा मनायो राष्ट्रिय पोसाक एवं टोपी दिवस

बुधवार, पौष १७ २०८१
  • काठमाडौँ । जागरूक युवा अभियान नेपालले काठमाडौंको वसन्तपुरमा राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाएको छ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ आज १२औँ  राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइएको हो ।

    यो सँगै नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ ।

    images

    नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।

    औपचारिक रुपमा राष्ट्रिय पोसाक हटाइएपछि युवाहरु जागरूक भएर यो अभियान सुरु गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार