Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी

विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा दुई जना पक्राउ

विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा दुई जना पक्राउ

बुधवार, पौष १७ २०८१
  • काठमाडौँ । विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको पनौती घर भएका ७१ वर्षीय गणेश बहादुर थापा र नवलपुर घर भएर काठमाडौँको टोखा बस्ने ४२ वर्षीया शान्ती भण्डारी छन् ।

    थापाले सर्विया पठाउँछु भनेर एक जनासँग ६ लाख ५० हजार रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । भण्डारीले हंगेरी पठाउँछु भनेर दुई जनाबाट १७ लाख ५० हजार ठगेकी हुन् ।

    images

    उनीहरूलाई कारबाहीको लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार