Oct 28 2026 | २०८३ कार्तिक १२ गते

चलचित्र ‘कुस्ती’ निर्माण गर्दै बुद्धी तामाङ

चलचित्र ‘कुस्ती’ निर्माण गर्दै बुद्धी तामाङ

मंगलवार, पौष १६ २०८१
  • काठमाडौं । कलाकार बुद्धी तामाङको लगानी रहने चलचित्र ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रको पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । 

    पोस्टरमा धिरज मगर र मिरुना मगर फिचर्ड छन् । चलचित्रमा धिरज र मिरुनासँगै बुद्धी तामाङको पनि अभिनय रहनेछ । छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथा ‘कुस्ती’को मुख्य विषय हो ।

    images

    कलाकार बुद्धी तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए । “यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु,” उनले भने, “यसपटक सबैको साथ र सहयोगले यो यात्रा सफल हुनेमा विश्वस्त छु ।”

    चलचित्र ‘कुस्ती’ २०८२ को भदौमा प्रदर्शन हुनेछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार