Oct 29 2026 | २०८३ कार्तिक १३ गते

हिमालयन बैंकको स्थानान्तरित शाखा कोटेश्वरमा

हिमालयन बैंकको स्थानान्तरित शाखा कोटेश्वरमा

सोमवार, पौष १५ २०८१
  • काठमाडौं। हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका–३२, कोटेश्वरबाट बैंकिङ सेवा प्रदान गरेको छ ।

    उक्त शाखाको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिको उपस्थितिमा गरेका थिए ।

    images

    हाल बैंकले १७४ शाखा, २० विस्तारित काउन्टर, २८२ एटीएम, ८ हजारभन्दा बढी पोस टर्मिनल्स र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार