Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बेलायतबाट अनिश पाण्डेको ‘तिमी छौ र पो म छु’ सार्वजनिक

बेलायतबाट अनिश पाण्डेको ‘तिमी छौ र पो म छु’ सार्वजनिक

आइतवार, पौष १४ २०८१
  • काठमाडौं । गायक अनिश पाण्डेको नयाँ म्युजिक भिडियो ‘तिमी छौ र पो म छु’ सार्वजनिक भएको छ । बेलायतलाई कर्मथलो बनाएका गायक पाण्डेले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

    यो भावनात्मक युगल गीतमा पाण्डे र चर्चित गायक रूपक डोटेलको आवाज रहेको छ । शब्द र संगीत पाण्डेकै सिर्जना हुन्, भने गीतको एरेञ्ज सञ्जीव बराइलीले गरेका छन् । भिडियोलाई बेलायतका  युकेका रमणीय स्थानहरू—ह्विट्बी एबे, माम टोर, र डनकास्टर—मा खिचिएका दृश्यहरूसहित प्रस्तुत गरिएको छ ।

    images

    त्यस्तै, म्युजिक भिडियोमा महिला कलाकार निसु पौडेल रहकी छन् । गीतलाई इञ्जिनियर मदन रेन म्याडीद्वारा स्ट्यानवेल स्टुडियो, लण्डनमा रेकर्ड गरिएको हो ।

    मिक्सिङ र मास्टरिङ सश्वत श्रेष्ठद्वारा गरिएको छ । सम्पादन मनोज कार्कीले गरेका छन् । गीतको निर्देशन बेलायतका चर्चित सिनेमाटोग्राफर सुमन श्रेष्ठले गरेका छन् । यसअघि गायक पाण्डेले अञ्जु पन्तसँग ‘सुस्टारी’ बोलको डुएट गीत गाएका छन् । पाण्डेले हालसम्म आधा दर्जनभन्दा बढी गीत गाइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार