Oct 29 2026 | २०८३ कार्तिक १३ गते

अन्तर्राष्ट्रिय समाचार

दक्षिण कोरिया विमान दुर्घटना अपडेट: २ जना बाहेक १७९ जनाको मृत्यु

दक्षिण कोरिया विमान दुर्घटना अपडेट: २ जना बाहेक १७९ जनाको मृत्यु

आइतवार, पौष १४ २०८१
  • काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको छ।

    स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो।

    images

    विमानमा सवार १८१ जनामध्ये एक जना चालक दलका सदस्य र एक जना यात्रुको सकुसल उद्धार गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

    थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए ।

    जहाज चक्काबिना नै धावनमार्गमा चिप्लिरहेको भिडियोहरु सार्वजनिक भएका छन् । जसमा तीव्र गतिमा चिप्लिँदै गरेको जहाज धावनमार्ग छेवैमा रहेको पर्खालसँग ठोक्किनेबित्तिकै आगो लागेको थियो।

     

     
     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार