दक्षिण कोरियाको संसदले कार्यवाहक राष्ट्रपतिविरूद्ध पनि महाभियोग लगाएको छ।
मुलुकमा सैनिक कानुन लगाउने असफल प्रयासका कारण यून सुक यौल राष्ट्रपतिलाई महाभियोग लगाइएको दुई साता नबित्दै कार्यवाहक राष्ट्रपतिलाई पनि महाभियोग लगाएर हटाएको हो।
यून हटाइएपछि प्रधानमन्त्रीसमेत रहेका हान डक सूलाई सैनिक कानुन लगाउने असफल प्रयासपछि भएको राजनीतिक उथपुथलको समाधान गर्ने जिम्मेवारीसहित कार्यवाहक राष्ट्रपति तोकेको थियो।
विपक्षी दलहरुले कार्यवाहक राष्ट्रपति सूले यूनविरूद्धको महाभियोग प्रक्रियालाई अगाडि नबढाएको आरोप लगाउँदै उनीविरूद्ध पनि महाभियोग प्रस्ताव दर्ता गरेका थिए।
शुक्रबार भएको मतदानमा १९२ जनाले महाभियोग प्रस्तावको पक्षमा मतदान गरेपछि पारित भएको बिबिसीले जनाएको छ।
दक्षिण कोरियामा राष्ट्रपतिसँगै कार्यवाहक राष्ट्रपति पनि महाभियोगबाट बाहिरिएको यो पहिलो राजनीतिक घटना हो।



