एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा थप दुई ओटा शाखा विस्तार गरेको छ । बैंकले उक्त क्षेत्रका ग्राहकहरूलाई अत्याधुनिक दीगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका दुई ओटा शाखा शुभारम्भ गरेको हो ।
बैंकले बिहीबार फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औँ शाखा र शुक्रबार फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औँ शाखाको शुभारम्भ गरेको जनाएको छ ।
यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा सङ्ख्या २० पुगेको छ ।



