Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

मंसिरमा ८४ हजारले लिए श्रम स्वीकृति, यूएई पहिलो रोजाइमा

मंसिरमा ८४ हजारले लिए श्रम स्वीकृति, यूएई पहिलो रोजाइमा

शुक्रवार, पौष १२ २०८१
  • काठमाडौं । देशमा रोजगारी नहुँदा विदेश पस्ने युवायुवतीको संख्या ह्वात्तै बढेको छ। पछिल्लो समय खाडी मुलुकसहित युरोपका विभिन्न देशमा समेत नेपाली कामदारहरु प्रसस्तै जाने गरेका छन् ।

    वैदेशिक रोजगारीमा जान मंसिर महिनामा ८४ हजार २२६ जनाले  श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो अघिल्लो महिनाको भन्दा झण्डै १४ हजारले बढी हो ।

    images

    विभागका अनुसार, मंसिरमा म्यानपावरमार्फत २८ हजार ८६८ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा पुरुष २६ हजार ४९ जना र महिला २ हजार ८१९ जना छन् । व्यक्तिगत तवरबाट १३ हजार ५९ जना, जीटुजीमार्फत ९७९ र ४१ हजार ३२० जनाले पुनः श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    मंसिरमा सबैभन्दा धेरै यूएई उडेका छन् । यूएई जान २४ हजार ७६९, साउदी अरेबिया जान १८ हजार ११८, कतार जान १४ हजार ८४४, कुवेत जान ६ हजार ६६९ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

    मंसिरमा नेपालीहरुले एक सय देशमा काम गर्न श्रम स्वीकृति लिएका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार