Oct 29 2026 | २०८३ कार्तिक १३ गते

विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न मन्त्रालयको अनुरोध

विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न मन्त्रालयको अनुरोध

शुक्रवार, पौष १२ २०८१
  • काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पढ्नका लागि विदेश जान खोज्ने विद्यार्थी लक्षित भ्रामक सामग्री प्रसारण नगर्न अनुरोध गरेको छ ।

    मन्त्रालयले शैक्षिक परामर्श दाता निकायहरूका नाममा अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै जथाभाबी सामग्री प्रकाशन नगर्न भनेको हो ।

    images

    सामाजिक सञ्जालहरूमा फ्री भिसा, भिसाको सुनिश्चितता, अत्यधिक छुट, कामको ग्यारेन्टीलगायत भनिएका भिडिओहरू धेरै देखिन थालेकाले सूचना जारी गर्नुपरेको मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्तराज कोइरालाले जानकारी दिए । सूचनामा यस्ता सामग्री भ्रामक र व्यावसायिक आचरण विपरीतका रहेको उल्लेख छ ।

    470050725_4195297244030815_9100634613312122558_n.webp
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार