Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कजकिस्तानमा जहाज दुर्घटना

कजकिस्तानमा जहाज दुर्घटना

बुधवार, पौष १० २०८१
  • काठमाडौं । कजकिस्तानमा ६२ यात्रु र पाँच चालक दलका सदस्यहरू सवार जहाज दुर्घटनामा परेको छ।

    अजरबैजान एयरलाइनसको फ्लाइट नम्बर जे २(८२४३ जहाज बुधबार एक्कासी दुर्घटनामा परेको बिबिसीले जनाएको छ।

    images

    दुर्घटनामा परेका २५ जनाको उद्धार भएको छ। २२ जनालाई अस्पताल लगिसकेको कजकिस्तानको आपकालीन मन्त्रालयले जनाएको छ।

    जहाज अजरबैजानको राजधानी बाकुबाट रूसको ग्रज्नीतर्फ उडे पनि अक्टाउमा आपतकालीन अवतरण गर्नु परेको विभिन्न समाचार संस्थाहरूले जनाएको छन्।

    विभिन्न समाचार संस्थाहरूले सार्वजनिक गरेको भिडिओमा विमान अवतरण गर्न लाग्दा आगो लागेको र धुवाँको मुस्लो उडेको देखिन्छ।

    रूसी समाचार संस्थाहरूका अनुसार रूसतर्फ उडेको जहाज कुहिरोले गर्दा डाइभर्ट भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार