Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

गोरखाका सलोन यूएईमा बेपत्ता, खोजिदिन परिवारको आग्रह

गोरखाका सलोन यूएईमा बेपत्ता, खोजिदिन परिवारको आग्रह

मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीका लागि यूएई पुगेका गोरखाका एक युवा बेपत्ता भएको भन्दै परिवारले खोजीका लागि सहयोग गरिदिन आग्रह गरेको छ ।

    केही महिना अघि मात्रै वैदेशिक रोजगारीका लागि यूएई पुगेका गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नम्बर– ५ दर्बुङ स्थायी घर भएका सलोन खनाल २ हप्तादेखि परिवारको सम्पर्कमा नआएको भन्दै परिवारले खोजी गरिदिन आग्रह गरेको हो ।

    images

    गत डिसेम्बर ११ तारिक आफु काम गर्ने कम्पनीले नेपाल फर्कन यूएईको शारहजा विमानस्थल छोडि दिएको भएपनि हालसम्म उनी कसैको सम्पर्कमा नरहेको सलोनका दाइ चन्द्र बिक्रम खनालले बताए । उनले यूएईस्थित नेपाली राजदुतावास, गैर आवासीय नेपाली संघ (एनआरएनए) लगायत अन्य संघसस्थालाई भाइको खोजी गरिदिन अनुरोध गरेका छन् ।

    गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका अध्यक्ष विकास शाहीका अनुसार निज सलोन खनालको स्वास्थ्य
    अवस्था कमजोर भएकोले कम्पनीले नेपाल पठाउनको लागि शारहजा विमास्थल पुर्याएको बताए । तर नेपाल पठाउन शारहजा विमानस्थल पुर्याएको खनालको राहदानी  गत डिसेम्बर १४ तारिक दुबई विमास्थलमा भेटिएको अध्यक्ष शाहीले वैदेशिक रोजगार पोष्टलाई बताए ।

    नेपाली राजदुतावास र गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईले खनालको खोजी कार्य गरि रहेको तर हाल सम्म नभेटिएकोले उनलाई देख्ने जो कोहीले नेपाली राजदुतावास आबुधावी वा गैर आवासिय नेपाली संघ (एनआरएनए) यूएईमा सम्पर्क गरि मानवीय सहयोग गरिदिन अध्यक्ष  शाहीले अनुरोध गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार