Oct 28 2026 | २०८३ कार्तिक १२ गते

म्यानमार पुर्‍याइएकी थप एक नेपालीलाई स्वदेश फर्काइयो

म्यानमार पुर्‍याइएकी थप एक नेपालीलाई स्वदेश फर्काइयो

मंगलवार, पौष ९ २०८१
  • काठमाडौँ । दलालको प्रलोभनमा परेर म्यानमार पुर्‍याइएकी एक नेपाली महिलालाई स्वदेश फर्काइएको छ ।

    म्यानमारको मेवाडीमा अलपत्र परेपछि उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै ५ जनालाई थाइल्याण्डमा ल्याइएकोमा चार जना (पुरुष)  डिसेम्बर १७ मा स्वदेश फर्किसकेकामा मंगलबार बाँकी एक जना महिलालाई पनि मंगलबार स्वदेश पठाइएको थाइल्याण्डस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

    images

    डिसेम्बर १७ मा  थाइ सरकारी निकाय आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा ४ जनालाई नेपाल फर्काइएको थियो । जसअनुसार म्यानमारबाट उद्धार भएकी बाँकी एक महिलालाई पनि मंगलबार नेपाल पठाएको दूतावासले जनाएको छ । दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारीमा जान आग्रह गर्दै कसैको प्रलोभन परी छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया लाओस, म्यानमार र थाइल्याणलगायतका देशमा बैदेशिक रोजगारीमा नआउनका अनुरोध गरेको छ । 

    यसअघि सोमबार परराष्ट्र मन्त्रालयले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस लगायतका देशमा जान चाहनेहरुका लागि सरकारले तीन बुँदे ट्राभल एडभाइजरी जारी गरेको थियो ।  पछिल्लो समय आकर्षक रोजगारीको प्रलोभन दिएर भिजिट भिसामा मानव तस्करहरुले  यी देशमा लैजाने र श्रम शोषणका साथै अलपत्र बनाउने क्रम बढेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार