Oct 29 2026 | २०८३ कार्तिक १३ गते

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

मंगलवार, पौष ९ २०८१
  • आज सुनको मूल्य एक लाख ४९ हजार आठसय रुपैयाँमै स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    आइतबार प्रतितोला ११ सय र सोमबार दुईसय रुपैयाँ बढेर सुनको मूल्य तोलाको एक लाख ४९ हजार आठसय पुगेको थियो। आज सुन हिजोकै मूल्यमा स्थिर रहेको महासंघले जनाएको छ।

    images

    आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ। हिजो एक हजार सातसय ९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज एक हजार आठसय पाँच रुपैयाँ पुगेको छ।

    गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

    गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार