Oct 29 2026 | २०८३ कार्तिक १३ गते

वैदेशिक रोजगारीको पीडा

वैदेशिक रोजगार : पाँच महिनामा १९ करोड रुपैयाँ ठगी

वैदेशिक रोजगार : पाँच महिनामा १९ करोड रुपैयाँ ठगी

मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा १९ करोड ३९ लाख ८६ हजारभन्दा बढीको ठगी भएको छ।

    यो विवरण वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारको हो। यो अवधिमा चार हजार ८८ वटा ठगीका उजुरी दर्ता भएका छन् र तिनबाट माथि उल्लेख भएको क्षतिपूर्ति असुल भएको छ।

    images

    ठगीमा पर्ने अधिकांश व्यक्ति घरगाउँकै दाजुभाइ, दिदीबाहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतबाट ठगिएका छन्। यो तथ्यांक उजुरीमा परेका आधारको हो तर सबै ठगिनेले उजुरी गर्दैनन्। यो आधारमा ठगीमा पर्ने अरू बढी रहेको अनुमान विभागको छ।

    विभागमा परेका उजुरी फर्छ्योट पनि हुने गरेका छन्। विभागका अनुसार आधाभन्दा बढी फर्छ्योट भएका छन्। चालु आव २०८१/८२ मा दर्ता भएका उजुरीमध्ये दुई हजार १११ वटा (५१.८९ प्रतिशत) फर्छ्योट गराउँदा १९ करोड ३९ लाख ८६ हजार ३० रुपैयाँ बराबर क्षतिपूर्ति भराइएको छ।

    विभागका अनुसार यो अवधिमा उजुरी परेकामध्ये सबैभन्दा धेरै प्रहरी शाखामा एक हजार ७०८ वटा छन्। जसमध्ये एक हजार ६४४ वटा उजुरी फर्छ्योट भए भने ११ वटा उजुरीमा मिलापत्र गराइएको छ। यसमा ११ लाख ५४ हजार ५०० रुपैयाँ बराबरको रकम क्षतिपूर्तिबापत भराएको विभागले जनाएको छ। प्रहरीमा दर्ता भएका ६६ वटा फर्छ्योट हुन बाँकी छन्।

    यसै गरी यो अवधिमा मुद्दा तथा अनुसन्धान शाखामा एक हजार ५६१ वटा उजुरीको १४ करोड ६७ लाख ६१ हजार ५३० रुपैयाँ दाबी गरिएको छ। यो शाखामा परेका उजुरीमध्ये २६० वटा उजुरीको मिलापत्र भएका छन् भने ७८ वटा उजुरी अदालतमा मुद्दा दायर भएको विभागले जनाएको छ। त्यसै गरी उद्धार, राहत तथा समन्वय शाखामा ८२० वटा उजुरी परेकामा ४७७ वटा फर्छ्योट भएका छन्।

    यो शाखामा यस अवधिमा परेका उजुरीमध्ये ३७६ वटा उजुरीमा चार करोड छ लाख ७० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराइएको छ। आजको गोरखापत्र दैनिकमा समाचार छ

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार