Oct 29 2026 | २०८३ कार्तिक १३ गते

हिमालयन बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्ने

हिमालयन बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्ने

मंगलवार, पौष ९ २०८१
  • काठमाडौं । हिमालयन बैंकले यही पुस २९ गते ३२ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा बिहान १० बजे शुरु हुनेछ ।

    सभाले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ (थप सार्वजनिक निष्कासन) प्रिमियममा निष्कासन गर्ने प्रस्ताव पारित हुनेछ । एफपीओ निष्कासनपछि जारी र चुक्तापूँजीमा वृद्धि हुने भएकाले त्यसअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिनेछ । 

    images

    बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । साथै सभाले गत आर्थिक वर्ष (आव)को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ । तसर्थ, पुस १७ गतेसम्म कायम रहने शेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार