Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कृषि विकास बैंकले पुस २९ गते साधारण सभा गर्ने

कृषि विकास बैंकले पुस २९ गते साधारण सभा गर्ने

सोमवार, पौष ८ २०८१
  • काठमाडौं । कृषि विकास बैंक लिमिटेडले पुस २९ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकको केन्द्रिय कार्यालय बोडे, भक्तपुरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

    कम्पनीले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । पुस ४ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ३ प्रतिशत बोनस शेय र कर समेत ७ दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । योसँगै अविमोच्य असंचिति अग्राधिकार शेयरधनीहरुलाई ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि कम्पनीले सभा मार्फत पारित गर्नेछ ।

    images

    हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रहेको छ । गत वर्ष लगानीकर्ताको हात खाली बनाएको कम्पनीले यस वर्ष लाभांश वितरण गर्न लागेको हो । यस अघि आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कम्पनीले २ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ प्रतिशत नगद लाभांश गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो । लाभांश प्रस्तावलाई अन्तिम स्वीकृति दिदैं गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

    साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिन पुस १५ गते सार्वजनिक विदा परेकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार