Oct 29 2026 | २०८३ कार्तिक १३ गते

लामिछानेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

लामिछानेको फोटो खिच्ने निकोलस भुसाल पक्राउ

सोमवार, पौष ८ २०८१
  • काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सुतिरहेको फोटो खिच्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

    पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछाने हिरासतमा सुतिरहेको फोटो सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले यसबारेमा अनुसन्धान गरेको थियो । सोही क्रममा भुसाल पक्राउ परेका हुन् ।

    images

    भुसाललाई आइतबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । भुसाललाई कास्की लगेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

    भुसालले यसअघि नै लामिछानेको फोटो आफूले खिचेको स्वीकारेका थिए । स्वास्थ्य जाँचका लागि गएको बेला तस्वीर खिचेको र आफ्नो गलत नियत नभएको उनको प्रस्टोक्ति थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार