काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज (सोमबार) स्वदेश फर्कँदै छिन् ।
राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कने उनको सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्री राणा बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टीएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि गत शुक्रबार युरोपबाटै भारतको नयाँ दिल्ली पुगेकी थिइन् । उनले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी हुन् ।



