Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

नेपाल वायुसेवा निगमको हङकङबाट काठमाडौं आएको जहाजमा अचेत भेटिएका देउमानको मृत्यु

नेपाल वायुसेवा निगमको हङकङबाट काठमाडौं आएको जहाजमा अचेत भेटिएका देउमानको मृत्यु

आइतवार, पौष ७ २०८१
  • काठमाडौं । नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका देउमान लिम्बुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ ।

    निगमको आरए ४१० उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

    images

    ‘उहाँ जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएको पाइएको छ,’ पौडेलले भने, ‘त्यसपछि नजिकको अस्पताल केएमसी पुर्‍याइएको र अस्पतालले मृत घोषणा गरेको पाइएको छ ।’

    जहाजमा अचेत अवस्थामा रहेका यात्रुको अवस्था के थियो भन्न नसकिने भएकाले विमानस्थलको आकस्मिक सेवा हेर्ने केएमसी अस्पतालमा पठाइएको समेत उनले जानकारी दिए । मृतक देउमान ५३ वर्षका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार