Oct 29 2026 | २०८३ कार्तिक १३ गते

स्वदेशी रोजगार

१२ वर्ष मलेसिया बसेर फर्किए, अहिले पशुपालनबाट गर्छन् मासिक १ लाखभन्दा बढी आम्दानी

१२ वर्ष मलेसिया बसेर फर्किए, अहिले पशुपालनबाट गर्छन् मासिक १ लाखभन्दा बढी आम्दानी

आइतवार, पौष ७ २०८१
  • बागलुङ नगरपालिका–१२ अमलाचौरका मुकुन्द ढकाल ४४ वर्षका भए । मलेसियामा १२ वर्ष बिताएका ढकालले गाउँमै पशुपालन सुरु गरेको चा वर्ष भयो ।
     
    सुरुमा चारवटा गाई र दुईवटा भैँसी किनेर बलेवा एकीकृत पशुपालन फार्म दर्ता गरेका ढकालले सुरुका दुई वर्षसम्म पशुलाई दाना, चापट र घाँससमेत ऋण खोजेर किने । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घसँग जोडिएपछि भने उनले व्यावसायिक अप्ठ्यारोको समाधानसँगै आम्दानी गर्न थालेका छन् ।
     
    उनको फार्ममा हाल पाँचवटा भैँसी र चारवटा गाई छन् । दैनिक ६० लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध गाउँको सहकारीमार्फत बागलुङ दुग्ध उत्पादक सहकारीलाई बेच्ने गरेका छन् । ढकालको फार्ममा हुर्कंदै गरेका चारवटा पाडी छन् ।

    दूध बेचेर मासिक एक लाख ३० हजार बढी आम्दानी गर्न थालेको उनले बताए । गत वर्ष मात्र १७ लाख बढी आम्दानी भएको उनले जानकारी दिए । दूध मात्र नभएर ढकालको फार्मबाट मलमूत्र पनि बिक्री हुने गरेको छ । प्रतिट्याक्टर पाँच हजारका दरले मल बिक्री गर्ने गरेको उनले बताए । राम्रो स्याहारसुसार गरेमा थोरै पशुपालनबाट पनि मनग्गे आम्दानी लिन सकिने उनको अनुभव छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहयोगमा घाँस लगाउने, पशु स्याहार गर्ने तालिम लिएर उनले दुई रोपनीमा घाँस लगाएका छन् । प्राक्टिकल एक्सन नेपालको सहयोगमा सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) ले अनुदानमा दिएको पाँच सय लिटरको तीन सोलर वाटर हिटरले समय र पैसाको बचत भएको उनको भनाइ छ ।

    images

    पशुपालनमा श्रीमती दुर्गादेवीले मुकुन्दलाई सहयोग गर्दै आएकी छन् । परिवारको साथसँगै उत्पादनले उचित मूल्य प्राप्त गर्न थालेपछि  व्यावसायिक पशुपालन सम्भव भएको उनी बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार