कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आव २०८०/८१ मा भएका खर्चहरूलाई अनुमोदन गर्नुका साथै सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखा परीक्षकको रूपमा सुजन काफ्ले एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई पुनः नियुक्त गरेको छ ।
सभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको पदमा नियुक्तिको अनुमोदन गर्दै कम्पनीको व्यवस्थापनलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
साधारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले गरेका थिए । सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, शेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।



