Oct 29 2026 | २०८३ कार्तिक १३ गते

टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षिका र विद्यार्थीको मृत्यु

टिकटक बनाउने क्रममा खोलामा खसेर शिक्षिका र विद्यार्थीको मृत्यु

आइतवार, पौष ७ २०८१
  • तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । शनिवार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।

    विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरु खोलामा बगेका थिए ।

    images

    शनिवार अपराह्न खोलामा बगेका उनीहरुको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चिनिमाया तामाङले जानकारी दिइन । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार