Oct 29 2026 | २०८३ कार्तिक १३ गते

गरिमा विकास बैंकले गर्‍यो ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय

गरिमा विकास बैंकले गर्‍यो ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय

शुक्रवार, पौष ५ २०८१
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

    कम्पनीले हाल कायम चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने निर्णय गरेको हो । उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । 

    images

    अघिल्लो आवको मुनाफाबाट बैंकले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश गरेर कुल १० प्रतिशत लाभांश दिएको थियो । यस आधारमा बैंकको लाभांशदर गत वर्षभन्दा यस वर्ष घटेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार