Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सिटिजन्स बैंकका ग्राहकलाई एसएम डेन्टलमा छूट

सिटिजन्स बैंकका ग्राहकलाई एसएम डेन्टलमा छूट

आइतवार, पौष ७ २०८१
  • काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित एसएम डेन्टल एण्ड स्किन केयरमा छूट पाउने भएका छन् । बैंकका ग्राहकलाई छूट दिने सम्बन्धमा दुवै संस्थाबीच समझदारी भएको हो ।

    यससँगै बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले एसएम डेन्टलमा २५ प्रतिशतसम्म छूट पाउने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ । 

    images

    बैंकले डिजिटल बैंकिङको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छूटसम्बन्धी विस्तृत विवरण बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बताइएको छ ।

    हालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गरेको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । बैंकले १९७ शाखा, १६२ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार