Oct 29 2026 | २०८३ कार्तिक १३ गते

आइएमई पेबाट ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक

आइएमई पेबाट ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक

आइतवार, पौष ७ २०८१
  • काठमाडौं। नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारेर ट्राभल बुकिङमा शतप्रतिशत क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

    पुस ५ गतेदेखि शुरू भएको यो योजना १७ गतेसम्म चल्ने बताइएको छ । अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत आन्तरिक हवाई टिकट, बस टिकट र केबलकार टिकट खरीदमा दैनिक १०० प्रतिशत क्यासब्याक जित्ने मौका पाउनेछन् ।

    images

    अफर अवधिमा हरेक दिन आइएमई पेबाट आन्तरिक हवाई टिकट काट्ने एकजना सेवाग्राही, बस टिकट काट्ने तीनजना सेवाग्राही र केबलकार टिकट काट्ने १० जना सेवाग्राहीले खरीद गरिएको टिकट मूल्यको १०० प्रतिशत क्यासब्याक जित्ने मौका रहेको कम्पनीले जानकारी दिएको छ ।

    विजेता दैनिक लक्की ड्रमार्फत छानिने छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार