Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ग्लोबल आइएमई बैंकका ग्राहकलाई क्यापिटल रिफरेन्स ल्याबमा छूट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई क्यापिटल रिफरेन्स ल्याबमा छूट

आइतवार, पौष ७ २०८१
  • चितवन। ग्लोबल आइएमई बैंकका ग्राहकले भरतपुर हस्पिटल रोडमा रहेको क्यापिटल रिफरेन्स ल्याबमा छूट पाउने भएका छन् ।

    भरतपुरमा आयोजित एक कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख सुशोभन देवकोटा र ल्याबका प्रमुख कार्यकारी अधिकृत रविरमण अधिकारीले छूटसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका ग्राहकले क्यापिटल रिफरेन्स ल्याबका जुनसुकै परीक्षणमा २५ प्रतिशत छूट पाउने बैंकका गैंडाकोट शाखा प्रबन्धक किसन श्रेष्ठले जानकारी दिए ।

    images

    सो अवसरमा बैंकका गण्डकी प्रदेश क्रेडिट म्यानेजर नारायणप्रसाद पौड्याल, मार्केटिङ विभागका राजकुमार महर्जन, अपरेशन सपोर्ट विभागका नव निउरे लगायतको उपस्थिति थियो । बैंकका ग्राहकले आफूसँग भएको एटिएम कार्ड, चेकबुक, ग्लोबल स्मार्ट प्लस एप देखाएर उक्त छूट सुविधा लिन सक्ने श्रेष्ठले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार