Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगार

यूएईमा प्रत्येक महिना औसतमा ३० भन्दा बढी नेपाली कामदारको मृत्यु

यूएईमा प्रत्येक महिना औसतमा ३० भन्दा बढी नेपाली कामदारको मृत्यु

पाँच महिनामा १५० भन्दा बढीको मृत्यु

बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । बितेको पाँच महिनामा यूएईमा १५० भन्दा बढी नेपाली कामदारको मृत्यु भएको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउनदेखि मंसिर मसान्तसम्म) मा यति धेरै कामदारहरूको मृत्यु भएको हो ।

    दूतावासले सार्वजनिक गरेको विवरणानुसार, ०८१ साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनामा यूएईमा १५४ नेपालीको मृत्यु भएको छ ।

    images

    जसमा साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५ र मंसिरमा २४ नेपालीको मृत्यु भएको दूतावासको तथ्यांकमा उल्लेख छ । उक्त अवधिमा यूएईमा प्रत्येक महिना औसतमा ३० भन्दा बढी नेपाली कामदारको मृत्यु भएको देखिन्छ ।

    गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष त्यहाँ प्रत्येक महिना औसतमा १९ भन्दा बढी नेपालीको मृत्यु भएको थियो ।

    मृत्युका कारण सडक, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार