Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कृषि विकास बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति?

कृषि विकास बैंकले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति?

बिहिवार, पौष ४ २०८१
  • काठमाडौं । कृषि विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

    बैंकको आज (बिहीबार) बिहान बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद (कर कर समेत) गरी कुल १०.५३ लाभांश दिने निर्णय गरेको हो।

    images

    बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने भएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक स्वीकृतिपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

    गत वर्ष भने यस बैंकले २ प्रतिशत बोनस र ११ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश वितरण गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार