Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

बिहिवार, पौष ४ २०८१
  • काठमाडौं  । सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ । बैंक र क्लियरिङ हाउसबीच अलि पे नेटवर्क प्रयोगकर्तालाई सहजै अन्तरदेशीय भुक्तानी गर्न उक्त सम्झौता भएको जनाइएको छ ।

    यस सम्झौताअन्तर्गत अलि पेका प्रयोगकर्ताले नेपालमा डोमेस्टिक वालेटमार्फत भुक्तानी गर्न सक्नेछन् ।

    images

    साथै चीन, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन, इटालीलगायतका देशबाट नेपालमा आएका पर्यटकले पनि सोही वालेटमार्फत भुक्तानीको सेवा प्रयोग गर्न सक्नेछन् ।

    पर्यटक र अलि पे प्रयोगकर्ताले नेपालमा रहेका नेपाल पे क्यूआर र यसका इन्टेरोपेरेबल क्यूआरमा भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार