Oct 29 2026 | २०८३ कार्तिक १३ गते

समाचार

विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह

विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह

बिहिवार, पौष ४ २०८१
  • काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण कोरियामा रहेका गैरआवासीय नेपालीलाई त्यहाँ सिकेको सीप र आर्जन गरेको सम्पत्ति मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह गरेका छन् ।

    दक्षिण कोरियाको पाँचदिने औपचारिक भ्रमणमा रहेका भण्डारीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले आयोजना गरेको स्वागत कार्यक्रममा  ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

    images

    उनले भने, “तपाईंहरूले आर्जन गरेको सम्पत्ति ढुक्क भएर नेपालमा लगानी गर्नुस्, नेपाल सरकार पुँजीको संरक्षण र प्रवर्द्धन गर्न प्रतिबद्ध छ ।” विदेशी लगानी भित्र्याउन सरकारले उपयुक्त वातावरण बनाउनका साथै लगानी सुरक्षाको प्रत्याभूति गरेको उनले बताए । उनले लगानी प्रवर्द्धन गर्न बाधक ऐनकानुन संशोधन गरिने प्रतिबद्धता पनि व्यक्त गरेको मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।

    गैरआवासीय नेपालीहरूले मन्त्री भण्डारीसमक्ष नेपालमा लगानी भित्र्याउन आफूहरू तयार रहेको र नेपाल सरकारले लगानी संरक्षणको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिएका थिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार