काठमाडौं । मुक्तिनाथ विकास बैंकले लिमिटेडले लाभांश नदिने भएको छ ।
बैंक सञ्चालक समितिको १ पुसमा बसेको ३४०औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेको हो ।
बैंक सञ्चालक समितिले नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृतिका क्रममा कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भए त्योसमेत समावेश गरी १८औं वार्षिक साधारणसभा गर्ने निर्णय पनि गरेको छ ।



