Oct 29 2026 | २०८३ कार्तिक १३ गते

नेपाल एसबिआई बैंक र र्‍याडिसन होटेल काठमाडौंबीच सम्झौता

नेपाल एसबिआई बैंक र र्‍याडिसन होटेल काठमाडौंबीच सम्झौता

बुधवार, पौष ३ २०८१
  • काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेड र र्‍याडिसन होटेल काठमाडौंबीच बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी खाद्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । 

    उक्त सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र होटेलका निर्देशक (खाद्य तथा पेय पदार्थ) केदार पाण्डेले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा होटेलका अन्य वरिष्ठ पदाधिकारी समेतको उपस्थिति थियो ।

    images

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार