Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ठगी

विदेश पठाउने भन्दै २७ लाख ठगेको आरोपमा २ जना पक्राउ

विदेश पठाउने भन्दै २७ लाख ठगेको आरोपमा २ जना पक्राउ

बुधवार, पौष ३ २०८१
  • काठमाडौँ । विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा घर भएर काठमाडौँ बस्ने ४९ वर्षीय पूर्ण बहादुर गिरी र खोटाङ घर भएर भक्तपुर बस्ने २० वर्षीय मिसन गुरुङ छन् ।

    गिरीले अमेरिका पठाउँछु भनेर ३ जनाबाट २४ लाख ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । गुरुङले माल्टा पठाउँछु भनेर ३ लाख रुपैयाँ ठगेका हुन् । उनीहरूलाई कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार