Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आईरिस प्रणाली लागू गर्न वैदेशिक रोजगार विभागले तोक्यो अन्तिम मिति

आईरिस प्रणाली लागू गर्न वैदेशिक रोजगार विभागले तोक्यो अन्तिम मिति

आइतवार, मंसिर ३० २०८१
  • काठमाडौं । वैदेशिक रोजगार विभागले आगामी ३ पुसपछि वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने भएको छ ।

    पटक पटक सूचना जारी गर्दै स्थगित गर्दै आएको विभागले अन्तिम पटक मिति तोकेको हो । उक्त मितिमा जसरी पनि आईरिस सिस्टम लागू गर्ने विभागले जनाएको हो ।

    images

    वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि हाल बायोमेट्रिक प्रणालीमार्फत हाजिरी गरिँदै आएको छ । बायोमेट्रिकका कारण अनियमितता बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईरिस सिस्टम लागू गर्ने निर्णय गरेको थियो । सोही आधारमा विभागले गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने बताएको थियो । तर, उक्त मितिमा लागू हुन सकेन । विभागले अहिले आईरिस र बायोमेट्रिक दुवै सिस्टम लागू भइरहेको जनाएको छ ।

    विभागले आईरिस सिस्टमलाई राष्ट्रिय परिचयपत्रसँग जोडेको छ । जसले गर्दा हालसम्म हुँदै आएका अनियमितामा पूर्ण रोक लाग्ने विभागको अपेक्षा छ । विभागका इन्जिनियरले अध्यागमन विभाग, राहदानी विभाग तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरेर उनीहरूको सिस्टमसँग जोडेको विभागले जनाएको छ ।

    हाल १४३ अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारीमा जाने कामदारलाई वैदेशिक रोजगारीमा उड्नु अगाडि अभिमुखीकरण तालिम दिने गरेका छन् । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासङ्घले व्यवसायीले झन्डै १३ करोड खर्च गरेर थप भौतिक पूर्वाधारसहितका उपकरण जडान गरेको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार